|

बैतडी : तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट दुई महिनामा १० लाख रुपैयाँभन्दा बढीको बन्दा निकासी भएको छ।

यहाँ उत्पादित बन्दा तराईतिर निकासी भएको किसान कृष्णदत्त भट्टले बताए। तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनीहरुले बताएका छन्। पछिल्लो समयमा किसानहरु व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि जीविकोपार्जनमा सहज भएको जेटिए पुस्करराज भट्टले बताए। अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं. १ का अधिकांश किसानले तरकारी खेती गर्दै आएका छन्।

अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानहरुको तरकारी खेतीप्रति आकर्षण बढेको शिखर बीउ प्रवद्र्धन केन्द्रका प्रोपाइटर देवदत्त भट्टले बताए। उनले भने, ‘नगद आम्दानी हुने भएकाले किसानको आर्कषण तरकारी खेतीमा बढेको हो।’ प्रतिकेजी २० रुपैयाँका दरले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि प्राविधिक सविता चन्दले बताइन्।

बन्दा लगाउने किसानहरुलाई वडा नं. १ कार्यालयले ५० प्रतिशत अनुदानमा बन्दाको बीउ उपलब्ध गराएको थियो। किसानहरुलाई तराकारीवाट जीविकोपार्जन गर्न सजिलो होस भनी अनुदानमा तरकारीको बीउ उपलब्ध गराएको वडाध्यक्ष भुवनराज भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.