|

बैतडी : बैतडीमा यही कात्तिक ८ गतेदेखि सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि-२०क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। निंगलाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा कात्तिक ८ गते दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका खेल्ने भएका छन्।  

कात्तिक ९ गते सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका ए भिड्दा अर्को खेलमा दोगडाकेदार गाउँपालिका र आयोजक निंगलाशैनी क्रिकेट क्लव (एनसिसि) प्रतिस्पर्धा गर्नेछन्। कात्तिक १० गते आयोजक एनसिसि र सिगास गाउँपालिकाबीच भिडन्त हुँदा अर्को खेलमा सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका सि आमनेसामने हुने जनाएको छ। 

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा हुन लागेको प्रतिगोगिताको चौथो दिन कात्तिक ११ गते दशरथचन्द नगरपालिका ए र दशरथचन्द नगरपालिका सिबीच प्रतिस्पर्धा हुँदा सोही दिन अर्को खेलमा पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्नेछन्। प्रतियोगिताको पाचौं दिन कात्तिक १२ गते दशरथचन्द नगरपालिका बी र शिवनाथ गाउँपालिकाबीच भिडन्त हुँदा अर्को खेलमा पुर्चौडी नगरपालिका र पाटन नगरपालिका खेल्नेछन्। कात्तिक १३ गते पहिलो खेलमा पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्दा दोस्रो खेलमा दशरथचन्द नगरपालिका बी र मेलौली नगरपालिकाबीच भिडन्त हुनेछ।

लिगको अन्तिम खेलमा कात्तिक १४ गते मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका आमनेसामने हुने आयोजक निंगलाशैनी प्रिमियर लिगका संयोजक बीर सिंह भण्डारीले जानकारी दिए। जिल्लाका १२ टोली सहभागी हुने प्रतियोगितालाई चार समूहमा विभाजन गरी गरि खेलाइँदैछ। प्रतियोगिताको सेमिफाइनल खेल कात्तिक १५ गते हुनेछ भने उपाधि भिडन्त तथा फाइनल खेल कात्तिक १६ गते हुने जनाएको छ।  

एकलाख ११ हजार प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिता सुदूपश्चिम प्रदेशकै पहाडी जिल्लाको सबैभन्दा ठूलो धनराशीको प्रतियोगिता रहेको आयोजक निंगलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेश भण्डारीको दाबी रहेको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.