|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापान गएका छन्। कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पौडेल जापान गएका हुन्। गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममै सहभागी हुन जापान जाँदा उनलाई टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट फर्काइएको थियो। यसपटक भने उनी सहजै रूपमा जापान पुगेका हुन्। 

उनलाई हानेदा विमानस्थलमा जनसम्पर्क समितिका पदाधिकारीसहित गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए। करिब एक हप्तासम्म जापानमा रहने पौडेल जापानमा रहेका नेपालीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.