|

काठमाडौं : नक्कली नोटसहित प्रहरीले काठमाडौंबाट दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिकाका २९ वर्षीय दोक्चे महर्जन र २५ वर्षीय अनिल शाह रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार एक हजार दरका २९ वटा नक्कली नोटसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको हो।

शंका लागरेर उनीहरू चढेको बा ४५ प ८०६६ नम्बरको स्कुटर चेकजाँच गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवेद्र बोगटीले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.