|

ओखलढुंगा : ओखलढुंगाको रुम्जाटारमा मिनिमार्ट सञ्चालनमा आएको छ। गाउँका ग्राहकलाई किनमेलमा नयाँ स्वाद चखाउने उद्देश्यले गाउँमै मिनिमार्ट सञ्चालनमा ल्याइएको हो। करिब ७ लाख रूपैयाँ लगानीमा स्थानीय मकुन्द सिंह गुरूङले सिम्रिका मिनिमार्ट सञ्चालन गरेका हुन्।

१० वर्ष लामो वैदेशिक रोजगारीको बसाइँपश्चात् गाउँमै केही गरौँ भन्ने उद्देश्यले मिनिमार्ट सञ्चालनमा ल्याएको सञ्चालक गुरूङले बताए। मिनिमार्टमा हाल दैनिक उपभोग्य सामग्री तथा घरायसी वस्तुहरू राखिएको छ। मार्टलाई भविष्यमा बृहत् बनाउने उनको उद्देश्य रहेको गुरुङले बताए।

विकसित सहरमा सञ्चालित सुपर मार्केटकै शैलीमा किनमेल गर्ने व्यवस्था मिनिमार्टमा मिलाइएको छ। गुरूङले विदेशमा सिकेको सीपलाई स्वदेश फर्किएर उपयोग गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.