राजनीति

नेकपा सचिवालय बैठक सर्‍यो : नेपालको असन्तुष्टि, रामवीरको राजीनामा र सरकारको समीक्षा हुने
SHARES

कात्तिक ४, २०७५

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकको समय सरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आइतबार ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजे बस्ने भएको छ।

    नेकपाको सचिवालय बैठक दशैँअघि पटकपटक समय तोकेर दशैँपछिसम्मका लागि स्थगित भएको थियो।

    आज बस्ने बैठकमा सरकारको समीक्षा र नेता माधवकुमार नेपालले राख्दै आएको असन्तुष्टीबारे छलफल हुने नेकपाले जानकारी दिएको छ।

    पछिल्लो समय सरकारका कामलाई लिएर नेकपाका नेताहरू नै सार्वजनिक रूपमा विरोधको अभिव्यक्ति दिइरहेका छन्। मन्त्रीहरूले अपेक्षित काम गर्न नसकेको भनेर नेकपाका सांसद र वरिष्ठ नेताहरूले नै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यसैबीच सरकारमा रहेर काम राम्रो गर्न नसकेका नेताहरूलाई फिर्ता बोलाउने सम्मको चर्चा भइरहेका बेला नेकपाभित्र मन्त्रीहरू फेर्ने सम्मको छलफल हुने बताइएको छ।

    नेता नेपालको असन्तुष्टि र वामदेव गौतमलाई काठमाडौं ७ बाट उपनिर्वाचनमा उठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। नेता नेपालले पार्टीको प्रदेश तहमा एकीकरण हुँदा आफू निकटका नेताहरूलाई पाखा पारिएको र कतिपय नेताहरूलाई दोहोरो जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट रहेका थिए। त्यसैगरी वामदेव गौतमलाई काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर संसदमा ल्याउन पहल गर्नेबारे भएका गतिविधिबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

    गौतमलाई सांसद बनाउन भन्दै मानन्धरले राजीनामा घोषणा गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत मानन्धरले राजीनाका लागि निवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए। तर, पार्टीभित्र र बाहिर उक्त कार्यको चर्को आलोचना भएका कारण औपचारिक रूपमा मानन्धरको राजीनामा गराउने बारे छलफल र निर्णय भएन भने गौतमलाई पनि काठमाडौं ७ मा नउठ्ने भन्ने विज्ञप्ति जारी गर्न लगाइएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]