समाज : सुरक्षा/अपराध

दुईजना छोरालाई झुन्‍ड्याएर बाबुले गरे आत्महत्या
SHARES

कात्तिक ४, २०७५

    बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिका-४ को औराहमा दुईजना छोरालाई झुन्‍ड्याएर बाबुले पनि आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुईजना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

    रामले ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुभाष हमालले जानकारी दिए। ‘घरभित्र ढोका लगाएर आत्महत्या गरेका थिए,’ प्रहरी निरीक्षक हमालले भने,‘पहिला छोराहरूलाई डोरीले झुन्‍ड्याएर पछि आफूले आत्महत्या गरेको देखिन्छ।’

    तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको प्रहरी निरीक्षक हमालले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पत्नीले छाडेकी थिइन्

    रामलाई तीन दुई वर्षअघि पत्नीले छाडेकी थिइन्। पत्नीले छाडेपछि दुईजना छोरा रामले पाल्दै आएका थिए। अधिकांश समय मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेर पटक–पटक झै-झगडा गरेका कारण रामलाई प्रहरीले यसअघि पनि पक्राउ गरिएको थियो। मदिरा सेवन गरेर रामले आमालाई आक्रमण गरेका थिए। प्राय मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]