|

ताइवानमा भएको रेल दुर्घटनामा २२ जनाको मृत्यु भएको छ। आइतबार भएको रेल दुर्घटनालाई दुई दशकयताकै भयानक दुर्घटनाका रूपमा व्याख्या गरिएको छ। उक्त रेल दुर्घटनामा १७० जना घाइते भएको बताइएको छ।

उत्तरपूर्वी यिलान काउन्टीमा रेल लिकबाट उछिट्टिएर उक्त घटना भएको सरकारी अधिकारीले बताएका छन्। रेलका पाँच डिब्बाले लिक छोडेका थिए। उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ।

स्थानीय समय अनुसार करिब ४ : ५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन्।

रेलमा ३६६ भन्दा बढी यात्रु रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो। घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन्।

सैनिक र प्रहरी तथा सरकारी अधिकारीले उद्दार कार्यलाई तिव्रता दिएको अधिकारीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.