|

कपिलवस्तु : कृष्णनगरमा जिल्ला प्रशासनले आइतबारदेखि लगाएको कर्फ्यु जारी छ। नवरात्रभर पूजा गरिएको दुर्गा भगवतीको मूर्ति सेलाउने विषयमा शुक्रबारदेखि  तनाव उत्पन्न भएको थियो।

विवाद साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले आइतबार साँझ ५ बजे अनिश्चितकालीन कर्फ्यु लगाएको हो। कर्फ्यु लगाइएसँगै कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले जानकारी दिए। 

विगतमा पनि यस प्रकारका घटना हुने गरेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुरको भनाइ छ। शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था नअाउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.