|
प्रतीकात्मक तस्वीर

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लेका वडा अध्यक्ष हेमराज राईलाई कुटपिटको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार राति मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि अध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अननतराम शर्माले बताए। 'मासपे गरेर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले अध्यक्ष राईलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ' उनले भने। अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उनको भनाइ छ।

उक्त घटनालगत्तै प्रहरीले अध्यक्ष राईलाई हर्कपुरबाट शनिबार राति पक्राउ गरेको थियो। राईलाई म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिसासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। राई गतवर्ष भएको स्थानीय तह निर्वाचनमा ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका ६ थाक्लेबाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.