|

लहान : जिल्लाका विभिन्न भागमा बढेको बलात्कार र यौनजन्य अपराधविरुद्ध अभियान जारी रहेकै बेला सप्तरीमा फेरि एक किशोरी बलात्कृत भएकी छन्।

महिलामाथि हुने बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान जारी रहकै बेला किशोरी बलात्कृत भएकी हुन्। सप्तरीको खडक नगरपालिका ९ लालपट्टि बस्ने ३५ वर्षीय दीलिपकुमार दास १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोमबार पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दासले आफ्नै घरमा लगेर किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीले बलात्कृत किशोरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका सप्तरी अध्यक्ष तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार पछिल्लो नौ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धा समेत गरी ४० जना बलात्कृत भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.