|

काठमाडौं : मेसिनसहित पक्राउ परेको गिरोहले बजारमा नक्कली नोट पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ। आइतबार प्रहरी परिसर काठमाडौंले उपत्यकका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने एउटै गिरोहका पाँचजनालाई पक्राउ गरेको थियो।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार पक्राउ परेकाले आफूहरूले केही दिनयता मात्रै नक्कली नोट छाप्न थालेको बयान प्रहरीलाई दिएका छन्। नक्कली नोट छाप्ने र बजारमा पठाउने गिरोहका प्रमुख योजनाकार इन्द्रबहादुर श्रेष्ठले आफूले एक साथीलाई नक्कली ४० हजारका नोट दिएर पठाएको बताएका छन्।

नक्कली नोट लिएर गाउँ गएका ती व्यक्ति पक्राउ परिसकेका छैनन्। परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार ती व्यक्तिको पहिचान भइसके पनि तिनले नक्कली नोट बजारमा पठाए वा पठाएनन् भन्ने खुलेको छैन।

यो समूहले कति नक्कली नोट छाप्यो र कति बजारमा पठाएको छ भन्नेबारे प्रकहरी अनुसन्धान निष्कर्षमा पुगेको छैन। प्रहरीले नक्कली नोट छाप्ने गिरोहका एक व्यक्ति पक्राउ गरेको सूचना पाएपछि मुख्य योजनाकारले ६० हजार रुपैयाँ नक्कली नोट जलाएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.