|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको जिल्ला सदरमुकामसमेत रहेको राजविराज नगरपालिका ६ शान्तिनगरबाट प्रहरीले अवैध रुपमा स्टोर गरी राखेको कपडा तथा पटाकासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय ३३ वर्षीय दिपेन्द्रलाल दासलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार दासले आफ्नो घरमा अवैध रूपले स्टोर गरी राखेको करिब एक लाख रुपैयाँ बराबरको कुर्ता सुरुवाल, स्वेटर तथा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको पटाकासहित सोमबार साँझ पक्राउ गरिएको हो। प्रहरीले सामानको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.