|

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले वर्तमान सरकार मधेसमैत्री भएको दाबी गरेका छन्। वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकारले अहिले पर्याप्त समय ऐन, कानुन निर्माणमा दिइरहेकोले तत्कालै विकासको काम नदेखिए पनि दीर्घकालीन रुपमा उत्कृष्ठ काम गर्न लागि परेको बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ को प्रदेशस्तरीय शुभकामना आदन प्रदान तथा पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै मन्त्री महासेठले देशभरिमा ६ हजारदेखि ८ हजार सडक संजालमार्फत प्रत्येक गाउँलाई सदरमुकाम र सदरमुकामलाई प्रदेश राजधानीसम्म जोड्ने अभियानको थालनी गरिएको पनि बताए। उनले अबको केही दिनमै प्रदेश २ को सिंचाइ आयोजनाअन्तर्गत सुनकोशी र कमला डाइभर्सनको समुद्घाटन हुने भएको समेत जानकारी गराए।

विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रकृतिसँग जोडिएर कृषि निर्माणमा आधारित विभिन्न सांस्कृति चाडपर्वको शुभकामना दिदै देशको जनतालाई अनेकतामा एकता प्रदान गर्ने सूत्र चाडपर्व भएको बताए। उनले देशको मुख्य राजनीतिक प्रणाली संघ, प्रदेश र स्थानीय तहको कार्यान्वयन मुख्य चुनौती भएकोले दुई तिहाइको सरकार त्यसको कार्यान्वयनमा लागेको बताए।

मन्त्री पोखरेलले संविधान र संघीयता कार्यान्वयनमा सरकार अघि बढेको दाबी गर्दै अबको मूल बाटो देशलाई समृद्धि र विकासतर्फ डोर्‍याउनु परेको पनि बताए। उनले देशमा लामो द्वन्द्व र संघर्षपछि आएको संघीयतालाई कार्यान्वयन गर्ने जिम्मेवारी जनताको हातमा भएकोलेले त्यो अभिभारालाई पूरा गर्न जनता अघि बढ्नु पर्नेमा जोड दिए।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डल, प्रदेश २ का इन्चार्ज प्रभु साह, नेकपाकी नेतृ जुली महतो, प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी, संसदीय दलका नेताहरू सत्यनारायण मण्डल र रामसरोज यादवकाे पनि उपस्थिति रहेकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.