|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा बजार अनुगमन कार्य शून्य देखिएको छ। नगरपालिकामा उपप्रमुखको नेतृत्वमा बजार अनुगमन तथा मूल्य निर्धारण समिति बनेको एक वर्ष बढी हुँदासम्म पनि एकपटक पनि बजार अनुगमन हुन नसकेको हो।

बजार अनुगमन नहुँदा एउटै समानको पनि पसलैपिच्छे फरकफरक मूल्य रहेको छ भने म्याद गुज्रिएका सामानहरू पनि बिक्री भएको पाइएको छ। स्थानीय जगविर केसीलाई अहिलेसम्म बजार अनुगमन भएको जानकारी छैन्। ‘व्यापारीले मनपरि तरिकाले मूल्यवृद्धि गरिरहेका छन्, यहाँ प्रत्येक पसलमा फरकफरक मूल्य छ, अनुगमन र नियमन गर्ने निकायहरू चुप बसिरहेका छन्’ उनले भने।

जिल्लाका अन्य ठाउँहरूमा दशैँअघि बजार अनुगमन गरिए पनि चौरजहारीमा हुन् सकेको छैन्। बजार अनुगमन तथा मूल्य निर्धारण समितिको संयोजक  तथा नगर उपप्रमुख राधा रोकाले कर्मचारी अभावका कारण बजार अनुगमन हुन् ढिला भएको स्वीकारिन्। ‘अब तिहारअघि बजार अनुगमन गरी मूल्य निर्धारण हुन्छ। सम्बन्धित सबै निकायका प्रमुखलाई बोलाएर बैठक बस्छौँ त्यसलगत्तै बजार अनुगमन गर्छौं’ नगर उपप्रमुख रोकाले भनिन, ‘अब तिहारमा सर्वसाधारणले बजार अनुगमन भएन भनेर गुनासो गर्ने ठाउँ हुने छैन्।’

उनका अनुसार अहिलेसम्म कसैले नगरपालिकामा मूल्य बढी भयो, म्याद गुज्रेका समान किन्यौँ भनेर गुनासो गरेका छैनन्। 'त्यसो भन्दैमा हामी चुप बस्न भने मिल्दैन। हाम्रो तर्फबाट हुने काम हामी छिट्टै गर्छौं' उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.