|

रुकुम : पूर्वका एक शिक्षकलाई बेपत्ता पारेको अभियोगमा वडाध्यक्षसहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सिस्ने गाउँपालिका ६ घर भई पुथाउत्तर गंगा गाउँपालिका २ पेल्माको आधारभूत विद्यालयमा अध्यापन गराइरहेका ५१ वर्षीय शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा कारागार चलान गरिएको हो। 

कारागार चलान हुनेमा रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका २ का वडा अध्यक्ष सतसिङ बुढासहित ५ जना छन्। केसीलाई बेपत्ता बनाएको अभियोगमा उनीहरूलाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका-१० का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

अदालतले निरन्तर सुनुवाई गरेर शुक्रबार नै फैसला गरेको थियो। उनीहरूलाई शुक्रबार नै रुकुम पश्चिमको कारागार पठाइएको छ। शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.