|

काठमाडौं : काठमाडौंको महाबौद्धबाट सात क्विन्टल विस्फोटक पदार्थ पटकासहित दुईजना पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले सर्लाही कविलासी नगरपालिका ७ का अशोक कुमार साह र सर्लाहीकै बबरगंज नगरपालिका ७ का नन्दलाल साहलाई पक्राउ गरेको हो।

उनीहरूले पटका भारतीय नाकाबाट लुकाइछिपाई काठमाडौं भित्र्याएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। बरामद भएको पटकाको मूल्य ७० लाखभन्दा बढी रहेको उनको भनाई छ। महाशाखाले चाडपर्व लक्षित सुरक्षा योजना र कालाबजारी नियन्त्रण गर्न विशेष योजना बनाएर अनुसन्धान गरिरहेको महाशाखाका प्रवक्ता उप्रेतीले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.