|

बारा : पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिका–११ स्थित गढीमाई जाने बाटो नजिकबाट प्रहरीले लागु औषधसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नीजगढ ८ का ३० वर्षीय मनोज न्यौपाने र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० का ३९ वर्षीय नवरत्न मानन्धर रहेका छन्।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख विक्रम लामा नेतृत्वको टोलीले चेकजाँचको क्रममा ना ५५ प २०६ नम्बरको मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषध बरामद् गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले बताए। पक्राउ परेका ब्यक्तिलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूबाट डाइलेक्स डिसी नामक लागु औषध १८६ बोत्तल दुई वटा झोलामा राखिएको अवस्थामा बरामद् भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.