|

सर्लाही : रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि आक्रमण भएकाे छ। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५-२० जनाको समूहले आफूमाथि आक्रमण गरेको हाे। 

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। महताेकाे सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको बताए।

आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन्।  उनकाे साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको महतोले बताए। नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका महताेकाे कुटपिटमा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.