|

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा एक अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफआईडी) मुलक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७६ प्रतिशतले कम हो।

कान्तिपुर दैनिक लेख्छ, आर्थिक वर्ष ०७४\७५ को पहिलो दुई महिनामा पाँच अर्ब १० करोड रुपैयाँ एफआईडी भित्रिएको थियो। स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने अनुमान गरिएको थियो। तर चालू आर्थिक वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षभन्दा धेरै कम विदेशी लगानी मुलुक भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

गत साउनमा २९ करोड ५७ लाख रुपैयाँ र भदौमा ९३ करोड ६४ लाख रुपैयाँ गरी दुई महिनामा एक अर्ब २३ करोड२१ लाख रुपैयाँ मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.