|

काठमाडौं : फिल्म ‘चौका दाउ’को दोस्रो गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ। श्रीपुरुष ढकालको शब्द रहेको गीतमा संगीतकार बास्कोटा र सुमन गुरुङस्वर रहेको छ।

सोनिका केसीको बोल्ड नृत्य रहेको उक्त गीतको भिडियोमा नायिका वर्षा राउतलाई पनि देख्न सकिन्छ। वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका अन्य कलाकार सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, निर्मल शर्मा र अजस्र ढुंगानलाई पनि प्रस्तुत गरिएको छ।

पुस २७ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई पूणेन्दु झाले निर्देशन गरेका हुन्। शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। फिल्मलाई दीर्घ गुरुङले खिचेका छन्।

हेर्नुहोस् गीत:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.