|

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सुदूरपश्चिम प्रदेशका इञ्चार्ज भीम रावलले जिल्ला र तल्लो तहसम्मको एकीकरणमा कुनै समस्या नरहेको बताएका छन्। शनिबार डडेल्धुरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता रावलले प्रदेश, जिल्ला र तल्लो तहसम्मको एकीकरण प्रकृया तिहारलगत्तै टुंगिने बताएका हुन्।

प्रदेश कमिटीलाई पूर्णता दिनको लागि केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेका उल्लेख गर्दै उनेले प्रदेश कमिटीले पूर्णता पाएलगत्तै तल्ला कमिटीको एकता प्रकृया अघि बढ्ने बताए। जिल्ला कमिटी मतहतका कमिटीको हकमा यसअघि नै परिपत्र जारी भइसकेकाले एकताको पक्रिया अगाडि बढी सकेको उनको भनाइ थियो। उनले नेता कार्यकर्ताको अपेक्षाअनुसार एकता प्रक्रिया तीव्र गतिमा अघि बढ्न नसकेको स्वीकार गरे। चाडपर्वलगायत अन्य विभिन्न कारणले गर्दा एकता प्रक्रियामा केही ढिलो भएको प्रष्ट पारे।

अर्को प्रसंगमा नेता रावलले नेकपाको सरकारले देशको समृद्धि र राष्ट्रिय एकताको पक्षमा काम गर्ने दाबी गरे। उनले सरकारले जनताको अपक्षाअनुसार नै काम गरिरहेको र आगामी दिनमा पनि जनभावनाअनुसार नै काम गर्ने जिकिर गरे।

फरक प्रसंगमा उनले कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त हत्या प्रकरणमा दोषी पक्राउ गर्न केन्द्र सरकारले पनि ठूलै बल प्रयोग गरिरहेको बताए। दोषी पत्ता लगाई कारबाही गर्न पार्टी नेतृत्वले पनि सरकार र प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकेको नेता रावलको भनाइ थियो। सरकारको सक्रियताले दोषीलाई कारबाही हुनेमा आफू विश्वस्त रहेको बताए। ‘नेपालकै इतिहासमा यति धेरै प्रहरी निलम्वित र उच्च स्तरिय छानबिन भएका कमै घटना छन्, त्यस्ता घटनाहरुका दोषी पक्राउ परेकै छन्। निर्मला हत्या प्रकरणका दोषी पनि उम्कन पाउनै छैनन्’ नेता रावलले भने।

अनुसन्धानमा सबैले सहयोग गर्नु पर्नेमा उनको जोड थियो। सरकारले निर्मला हत्याकाण्डमा अनुसन्धन गरिरहेको उल्लेख गर्दै नेता रावलले सरकारले अपराधिलाई लुकाउन खोज्यो भन्नु गलत भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.