|

काठमाडौं : फिल्म 'प्रसाद'को ट्रेलर रिलिज भएको छ। शुक्रबार नेपाल आइडलमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा सन्तान नहुँदा परिवारमा आउने खटपटलाई देखाइएको छ। विपिन कार्की र नम्रता श्रेष्ठको वैवाहिक जीवनमा निश्चल बस्नेत भिलेन बनेका छन्।  

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ। 

विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेको फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.