|
फाइल फोटो

काठमाडौं : मलेसियामा चलिरहेको एएफसी सोलिडारिटी कपमा नेपालले शनिबार टिमोर लिस्टेसँग खेल्दैछ। 

मलेसियाको कुचिङमा रहेको सारावाक रंगशालामा नेपाली समय अनुसार बेलुकी सवा पाँच बजेदेखि नेपाल र टिमोर लिस्टेबीचको खेल सुरु हुनेछ। टिमोर नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो। 

यसअघि नेपालले सन् २०११ मा भएका दुई खेलमा पूर्वी टिमोरलाई पराजित गरेको थियो। सन् २०१४ को विश्वकप छनोटका लागि भएको खेलमा नेपालले पहिलो लेग २-१ र दोस्रो लेग दशरथ रंगशालामा ५-० ले जितेको थियो। 

नेपाली प्रशिक्षक ग्यातुकी कोजीले उपाधि जित्नु नेपालको लक्ष्य रहेको बताएका छन्। आफूले टिमोरलाई कमजोर नआँकेको बताएका छन्। नेपालको समूहमा ब्रुनाई र टिमोर छन्। टिमोर पहिलो खेलमा ब्रुनाईसँग पराजित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.