|

कालिकोटः कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेश बिक्रम शाहले शान्ति सुरक्षाका हिसाबले कर्णाली प्रदेश शान्त रहेको बताएका छन्। शाहले जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रमा शाहले अपराधका दृष्टिकोणमा अन्य प्रदेशभन्दा अपराध कम हुने बताएका हुन्। 

कर्णाली प्रदेशका नागरिक सचेत र सभ्य भएका कारणले पनि अन्य प्रदेशभन्दा अपराध कम हुने गरेको बताए। ‘यहाँका नागरिक सभ्य शान्त स्वाभावका भएका कारणले अपराध कम हुने गरेका छन्।’ उनले भने, ‘सामाजिक हिसावले पनि मिलेर बसेको समाजका कारणले शान्त छ।’

न्यायमा विभेद छः नागरिक

जिल्लाका नागरिकहरुले पहुँचको आधारमा प्रहरी न्याय दिने गरेका छन्। नागरिक सुनुवाइमा खाँडाचक्र नगरपालिका ४ का वडा अध्यक्ष दानसिंह बिकले जातीय विभेदका आधारमा र गरिव नागरिकले कहिल्यै न्याय पाउन नसकेको बताए। ‘प्रहरीले जातीय आधारमा न्याय दिने गरेको छ।’ उनले भने,‘गरिब र निमुखा जनताले प्रहरीबाट न्याय पाएका छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.