|

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ६ अर्ब रुपैयाँभन्दा बढी लगानीको लागि आवेदन परेको छ। माथिल्लो तामाकोशी बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबारसम्म ६ अर्बभन्‍दा बढी रकमको आवेदन परेको हो।

 तर,विवरण पूर्ण रुपमा अत्यावधिक हुँदा यो रकम बढ्न पनि सक्ने कोषले जनाएको छ। तामाकोशीको लागि  १५ कात्तिक देखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ बिक्री खुल्ला गरेको थियो।

यसमा  सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता छुट्याइएको हो। यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.