|

विराटनगर : मिस नेवा कोशीको उपाधि विराटनगरकी सुधा श्रेष्ठले जितेकी छन्। 

मञ्जिना मुभिज प्रालिको आयोजनामा विराटनगरमा भएको मिस नेवा प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सुधाले उपाधिसँगै ताज पहिरिन्। त्यस्तै फष्ट रनरअप मनिषा शाक्य र सेकेण्ड रनरअप आस्मा तुलाधर भएका छन्। त्यस्तै दर्शकस्राेता च्वाइस एलिना श्रेष्ठ, मिस ट्यालेन्टमा मषी शाक्य, मिस चाचर्मिङ तमना श्रेष्ठ, वेष्ट फिजिक रुइना प्रधान, वेष्ट ड्रेसको उपाधि नियति प्रधानले प्राप्त गरेका छन्। 

त्यस्तै, मिस फोटोजेनिक आर्जु श्रेष्ठ, मिस एथलेटिक शुभेक्षा ताम्राकार, मिस डिसिपिलिन स्नेहा श्रेष्ठ, मिस प्रसानालिटी आर्जु श्रेष्ठ, मिस क्याटक रुजा शाक्य, मिस फ्रेन्डसिप चेलिना श्रेष्ठ, वेष्ट स्माइलको पुरस्कार सिर्जना श्रेष्ठले जितेका छन्। वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका सिईओ दिवस सुवेदी, नायिका सञ्चिता लुइँटेल, सञ्चारकर्मी रस्मिला प्रजापति र जयन सुब्बा मानन्धरले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

रमपम तयारी चाउचाउ र वीकेएम मसलाले प्रायोजन गरेको कार्यक्रममा चर्चित गायक सुमित खड्का, कलाकार पारस थापालगायतको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियो। गतवर्षदेखि मिस नेवा प्रतियोगिता सुरु गरिएको हो। नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गरेर आएका १३ जना युवतीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जतिन ताम्राकारले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.