|

काठमाडौं : सरकारले केहि समयपछि काठमाडौं उपत्यकाका तीन जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्ने भएको छ। 

लोडसेडिङ मुक्त गर्नका लागि तिहारदेखि नै सरकारले विद्युत् कटौती नगरी यसको सम्भावना अध्ययन गरिरहेको हो। ऊर्जा मन्त्रालयले लोडसेडिङ कम गर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना निर्माण गरी नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई सोहीअनुसार काम गर्न निर्देशन दिएपछि विद्युत् प्राधिकरण यसको तयारीमा जुटेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युत्को व्यवस्थापन गरी अहिले लोडसेडिङ मुक्त बनाउनका लागि परीक्षण कार्य भैरहेको जानकारी दिए। 

उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउनका लागि प्राधिकरणले अध्ययन समिति समेत गठन गरेको छ। उनका अनुसार परीक्षणमा सफल भए अबको एक/दुई महिनापछि लोडसेडिङ मुक्त घोषणा गरिने छ। अहिले उपत्यकामा रातिको पिक आवरमा ३ सय मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २ सय मेगावाट छ।  

उपत्यकासहित लोडसेडिङ हुने अन्य जिल्लामा पनि लोडसेडिङ मुक्त बनाउने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ। उपत्यकाको मागलाई व्यवस्थापन गर्नका लागि पिक आवरमा कुलेखानीको विद्युत् प्रयोग गरेपनि पुग्ने घिसिङको भनाइ छ। चिसो मौसममा विद्युत् आपुर्ति निरन्तर गर्नका लागि समस्या पर्ने भएपनि माग अनुसार यसको व्यवस्थापन गर्न सके समस्या नहुने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.