|
Photo : cricketingnepal.com

काठमाडौं : १९ वर्षमुनीको एसिया कप क्रिकेटमा नेपाल सहभागी हुने भएको छ। 

आगामी डिसेम्बर १० देखि २२ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल सहित श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश जस्ता टेष्ट मान्यता प्राप्त राष्ट्र हुनेछन्। त्यस्तै अफगानिस्तान, सिंगापुर मलेसियासमेत प्रतियोगितामा सहभागी हुने द सण्डे टाइम्स श्रीलंकाले जनाएको छ। 

प्रतियोगितामा सहभागी हुने देशले तयारी थालेपनि नेपालको तयारी भने सुरु हुन सकेको छैन। श्रीलंकामा एसियन क्रिकेट काउन्सिलको कार्यालय सरेपछि पहिलो प्रतियोगिता हुन लागेको हो। पछिल्लो पटक यो प्रतियोगिता सन् २०१४ मा यूएईमा भएको थियो। 

आठ देशलाई दुई समूहमा बाँडेर प्रतियोगिता गरिने द सण्डे टाइम्स श्रीलंकाको अनलाईन संस्करणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.