|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गर्ने घोषणा अनुरुप पूर्वी नेपालका तीन आयोजनाको स्थलगत निरीक्षण गर्ने भएका छन्। 

समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्वघोषणा कार्यक्रम बमोजिम मंगलबार प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपालका तीन आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ।

निर्माणाधीन ४५६ मेघावाटको तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरबाट नेपालको उत्तरी नाका जोड्ने १ सय ६२ किलोमिटर लामो उत्तर-दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। 

निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगति अवस्था, समस्या, चुनौति र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन दिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.