|

'सीमा पारीबाट हाम्रा दुश्मनले जाली नोटमार्फत भारतमा आफ्नो धन्दा चलाएका छन्। हाम्रो सरकार गाउँ, गरिब र किसानका लागि समर्पित छ। भ्रष्टचार, कालो धन हाम्रो देशका लागि रोग सरह हो। भ्रष्टाचार र कालोधन गरिबी हटाउन सबैभन्दा ठूला बाधक हुन्।' राष्ट्का नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भनेका छन्,'आतंकवाद र जाली नोटले देशलाई ध्वस्त बनाएको छ।'

मोदीले ५ सय तथा १ हजारको भारु नोट मंगलबार राति १२ बजेदेखि चलाउन नपाउने घोषणा गरेसँगै भारतको अर्थ व्यवस्थामा तरङ्ग उत्पन्न भएको छ। उनले बिहिबारदेखि ३० डिसेम्बरसम्म ५ सय तथा १ हजारको नोट बैंकमा जम्मा गराउन सकिने बताएका छन्। यस विषयमा उत्पन्न थुप्रै जिज्ञासाहरुका सम्बन्धमा दैनिकभास्कर डटकमले लेखेको छ :

फैसला के भयो?

५००-१०० को नोट बन्द गर्ने

कहिलेबाट बन्द हुन्छ यो नोट?

मंगलबार राती १२ बजेदेखि

यस्तो किन?

भ्रष्टचार,कालोधन र अन्य कारोबार बन्द गर्न। आतंकवादको चन्दा र जाली नोट रोक्न।

अब के हुन्छ?

५ सय र १००० को नोट तपाईले बैंक या पोट अफिसमा पहिचान पत्र देखाएर जम्मा गर्न सक्नुहुन्छ।

यसको कुनै मिति तय छ?

३० डिसेम्बरसम्म यो नोट जम्मा गराउन सकिन्छ।

यसपछि पनि चोट साट्न सकिन्छ?

यी नोट ३१ मार्च २०१७ सम्म पत्रको साथ सिधै रिजर्भ बैंक अफ इण्डियामा जम्मा गर्न सकिन्छ।

एकपटकमा ५००-१००० का कति नोट जम्मा गर्न सकिन्छ?

१० देखि २४ नोभेम्बरसम्म एकदिनमा ४ हजार रुपैयाँ मूल्यको नोटमात्रै जम्मा गराउन सकिन्छ।

के बैंकमा ९ नोभेम्बरबाटै ५००-१००० को नोट जम्मा गराउन पाइन्छ?

पाइदैँन। नयाँ व्यवस्था लागू गर्नका लागि ९ नोभेम्बरमा बैंक बन्द हुन्छ। १० नोभेम्बरमात्रै खुल्छ।

कसैले एटीएमबाट ५००-१००० को नोट निकाल्यो भने के गर्ने?

एटीएमबाट ५ सय-१००० को नोट हटाउनका लागि बुधबार र बिहिबार एटिएम बन्द हुन्छ।

१० नोभेम्बरपछि एटिएमबाट पैसा निकाल्न सकिन्छ?

सकिन्छ। तर एकदिनमा केवल २००० रुपैयाँ मात्रै निकाल्न पाइन्छ।

के कार्ड र चेकबाट लेनदेन गर्न कुनै असर पर्छ?

पर्दैन। कार्ड र चेकबाट पहिले जसरी नै लेनदेन गर्न सकिन्छ।

के सरकारले कुनै सहुलितयत दिएको छ?

अस्पताल, एयरपोर्ट, बस स्टेशन र  पेट्रोल पम्पमा ११ नोभेम्बर राती १२ बजेसम्म ५ सय र १००० को नोट चल्छ।

के सरकारले नयाँ नोट निकाल्दैछ?

हो सरकारले ५ सय र २००० को नयाँ नोट निकाल्दैछ।

यी नोटमा के हुन्छ?

५०० नोटमा लाल किला र २००० को नोटमा मंगलयानको चित्र हुन्छ।

तपाई के गर्नुस् के नगर्नुस्?

कसैले ५०० वा १००० को नोट दिएर साट्न पठाउँछ भने बैंक नजानुस्। केवल आफ्नो पैसा मात्रै साट्नुस। किनकी नोट साट्नका लागि परिचयपत्र चाहिन्छ। यसको पुरै रेकर्ड राखिन्छ। भिडियो रेकर्डिङ पनि हुन्छ। तर यदी तपाई आफ्नो नोट साट्न चाहनुहुन्छ र यो कालो धन होइन भने चिन्ता नलिनुस्। ढुक्कसँग आफ्नो पैसा साट्न पाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.