|

श्रीलंकाको पुनरावेदन अदालतले महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीको हैसियतमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।

१२२ सांसदको रिटमाथि सुनुवाइ गर्दै पुनरावेदन अदालतले राजपाक्षलाई कुनै पनि काम नगर्न\नगराउन उक्त आदेश जारी गरेको हो। संसदमा दुई पटकसम्म विश्वासको मत लिन असफल भएका राजपाक्षविरुद्ध सांसदहरूले पुनरावेदन अदालतमा रिट हालेका थिए।

अदालतले राजपाक्षलाई डिसेम्बर १२ मा अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत महिना प्रधानमन्त्री रणिल बिक्रमसिंघेलाई अपदस्थ गरी राजपाक्षलाई प्रधानमन्त्री बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.