|

काठमाडौं : व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ। 

नेपाल बैंकर्स संघको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिए।

वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै संघको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो। 

बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि संघको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो। अध्यक्ष ढुङ्गानाले भने, “व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन्।” यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो। 

यस्तै बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ। यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.