|

उदयपुर :  बेलका नगरपालिका ६ मा बच्चा जन्माउन नसक्दा स्वास्थ्यचौकीमै एक गर्भवतीको मृत्यु भएको छ। बेलका ६ की १९ वर्षीया सम्झना राईको बेलका नगरपालिकास्थित रामपुर स्वास्थ्यचौकीमा मृत्यु भएको हो।

जटिल प्रकारको प्रसूतिसेवा नभएकै कारण गर्भवती राईको अस्पतालमा मृत्यु भएको बेलकाकी उपप्रमुख राजकुमारी चौधरीले जानकारी दिइन्। ‘मुटुको समस्या भएकी सम्झनालाई सुत्केरी व्याथा लागेपछि स्थानीय बथिङ सेन्टरमा लगेका थिए,’ उनले भनिन्, ‘गर्भ जाँच गर्न आउँदा स्वास्थ्यमा समस्या छ, सुविधा सम्पन्न अस्पतालमा लानू भनेर स्वास्थ्यकर्मीले भनेका रहेछन्, परिवारले हेलच्यक्राँई गर्दा मृत्यु भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।’

स्वास्थ्यकर्मीले धरान वा विराटनगरस्थित सुविधान सम्पन्न प्रसूति अस्पतालमा नलगेकै कारण मृत्यु भएको स्वास्थ्यचौकीले जानकारी दिएको छ। ‘परिवारका सदस्यले लापरवाही गरेको कारण आमा र बच्चा दुवैको ज्यान गएको जानकारी आएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँलाल यादवले भने, ‘गर्भवती सम्झनालाई सुत्केरी व्यथा लागेपछि अटोमा स्वास्थ्य चौकी पठाएर श्रीमान् निशान राई पैसाको जोहो लागेको भन्ने पनि सुनेको छु।’

श्रीमान् अस्पताल पुग्दा सम्झनाको मृत्यु भइसकेको थियो। राज्यले ठूलो धनराशि मातृशिशु मृत्युदरमा लगानी गरे पनि बच्चा जन्माउन नसक्दा आमा र बच्चाको मृत्यु हुन विडम्बना रहेको यादवको भनाइ छ। ‘मातृ शिशु बचाउन सरकाले धेरै लगानी गरेको छ,’ उनले भने, ‘बच्चा जन्माउन नसकेकै कारण गर्भवतीको मृत्यु हुनु गम्भीर कुरा हो, यस घटनाबाट पाठ सिकेर अघि बढ्नु पर्नेमा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.