|

पोखरा : गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमलाई पुत्रशोक परेको छ। मंगलबार राति नवलपरासीको नवलपुरमा स्कुटर दुर्घटनामा अोमकलाका छोरा नवीन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवार स्रोतका अनुसार नविन साँझ पाँचबजे घरबाट स्कुटर चलाएर बाहिर गएका थिए। प्रहरीका अनुसार प्रगतिनगरमा राति १०ः३० बजे उनी चढेको ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो। दुर्घटनापछि नविनलाई चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेका थिए। उनलाई ठक्कर दिने सवारीको खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.