|

खोटाङ : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई खोटाङको त्री–धार्मिकस्थल हलेसी आइपुगेका छन्। हलेसीको धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन, किरात समुदायको उद्गम थलो तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम लिएर डा. भट्टराई बुधबार हलेशी आईपुगेका हुन्।

हलेसीमा आइपुगेका डा. भट्टराईलाई नयाँ शक्तिका जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्। डा. भट्टराईले बिहीबार बिहान हलेसीको समग्र अवस्थाका बारेमा अध्ययन, हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नयाँ शक्ति पार्टी खोटाङका संयोजक सूर्य राईले बताए।

यस्तै, शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनले शिक्षाका क्षेत्रमा गरिरहेको शैक्षिक अभ्यास बारे अध्ययन तथा जिल्लाका विशिष्ट व्यक्तिसँग भेटघाट तथा शनिबार बिहान दिक्तेलको हाटडाँडामा हुने कार्यक्रमलाई सम्बोधन तथा सोही दिन दिउँसो जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। डा. भट्टराईले शनिबार बेलुकी नयाँ शक्तिपार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.