|

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनल म्यानचेस्टर युनाइटेडसँग दुई पटक अग्रता बनाएरपनि २–२ को बराबरीमा रोकिएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको युनाईटेड बलियो मानिएको आर्सनललाई बराबरीमा रोक्न सफल भयो।

२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनल खेलमा सुरुवाति अग्रता बनायो। त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्कायो। पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा युनाईटेडको आत्माघाती गोलमार्फत खेलमा अग्रता लियो। ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गर्दा आर्सनल २–१ ले अघि बढेको थियो। तर एक मिनेटपछि नै युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काउँदै संभावित हार टारे।

बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ। पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ छ। बुधबार राति नै भएको खेलमा साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.