|

काठमाडौं : गुलाबको फूललाई प्रेमको प्रतीकको रूपमा लिने गरिन्छ। त्यसैले कसैलाई प्रेम दर्शाउनुपर्‍यो वा प्रेम प्रस्ताव राख्नुपर्‍यो भने गुलाबको फूल दिने गरिन्छ। गुलाबलाई जसरी प्रेमको प्रतीकको रूपमा लिने गरिन्छ, त्यसरी नै यो स्वास्थ्यको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ।

छालाका लागि राम्रो

गुलाबको फूललाई मसिनो गरेर शरीरमा लगाएमा छालाको समस्या हुनेहरूलाई राम्रो गर्छ। गुलाबको फूलमा हुने रसले छालामा हुने विभिन्न खालका दाग तथा दुबीहरू टाउन सहयोग गर्छ। गुलाबको फूलमा हुने दानामा पनि विशेष किसिमको औषधीय गुण हुन्छ।

गुलाबजललाई नियमित रूपमा छालामा लगाउनाले यसले छालालाई नरम बनाउनुका साथै छालामा हुने विभिन्न खालका संक्रमणबाट बचाउने गर्छ। यसको नियमित प्रयोगले छालालाई सुन्दर बनाउँछ। राती सुत्नुअघि यसलाई अनुहारमा लगाउनाले यसले दिनभर अनुहारले बोकेको पसिना तथा फोहोरलाई हटाउँछ।

बच्चाको शारीरिक विकासमा राम्रो

हुर्कंदै गरेका बालबालिकाहरूका लागि गुलाबको तेलले मालिस गर्नाले शरीर मजबुत हुनुका साथै छालाको कुनै पनि संक्रमण हुनबाट जोगाउँछ। अझ चिसो मौसममा नियमित गुलाब तेलले बच्चालाई मालिस गर्नाले चिसोबाट जोगाउनसमेत सहयोग गर्छ।

कपालका लागि फाइदाजनक

नियमित रूपमा कपालमा गुलाबको तेल लगाउनाले कपाल झर्ने समस्याबाट छुटकारा पाउनुका साथै कपालमा चाया पर्नबाट जोगाउँछ साथै कपाल बलियो, नरम, सुन्दर र मुलायम बनाउँछ।

घाउ निको पार्छ

गुलाबबाट हामीले प्राकृतिक एन्टिबायोटिक प्राप्त गर्न सक्छौँ। यदि शरीरमा कुनै कारणले घाउ भएको छ भने त्यस्तो बेलामा गुलाबको तेल घाउ तथा चोट पटकमा लगाउनाले घाउ सन्चो बनाउनुका साथै घाउबाट रगत बग्नबाट जोगाउँछ।

आँखालाई फाइदा गर्छ

आँखा तिरमिर हुने, सुख्खा हुने तथा चिलाउने भएमा गुलाबजलले आँखा सफा गर्नाले फाइदाजनक हुन्छ साथै आँखामा चमक पैदा गर्छ।

तनाव कम गराउँछ

यदि धेरै तनाव छ वा लामो समयदेखि डिप्रेसन छ भने नियमित रूपमा गुलाबको तेल लगाउनाले तनावबाट मुक्त गराउँछ। यस्तै, गुलाबको सुगन्धले मानिसको मुड परिवर्तन गर्ने विश्वास छ। गुलाबको तेलले टाउको मसाज गर्नाले तनाव कम गर्नुका साथै डिप्रेसनसम्बन्धी समस्या हुनबाट बचाउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.