|

जनकपुरधाम : आफ्नै छोरीको हत्या आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका २४ सोनापडाका १६ की सोनी मण्डल हत्याको आरोपमा आमालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका २४ सोनापडाका मृतक सोनी मण्डलकी आमा राजकुमारी मण्डल रहेकी छन्। 

बुधवार दिउँसो ४ बजेको समयमा आफ्नै घरको कोठामा मृत फेला परेको जानकारी प्राप्त भए पश्चात् घटनास्थल पुगेको प्रहरीले तत्काल ४ जनालाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा मृतकको घाउँखत तथा घटनामा भेटिएको तथ्यहरुको आधारमा आमा र छोरीबीचको झगडाको क्रममा आमाले प्रहार गरेको आग्लो (विलैया) ले टाउँकोमा लागेर घाइते भएकी छोरीलाई घाँटी थिचेर हत्या गरिएको भएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।    

यसरी भयो हत्या (विस्तृत)

जनकपुरधामस्थित कक्षा ८ मा अध्ययरत सोनी मण्डलले घरको काम त्यति सहयोग नगर्ने विषयलाई लिएर आमा राजकुमारी मण्डलसँग बेला बेलामा वादविवाद र झैं-झगडा हुने गरेको थियो। यसरी पटक/पटक झगडा भएपछि मृतक सोनीले घरमा छुट्टै खाना पकाएर खाने गरेको र बिहे गरिदेउ म तिम्रो घरमा बस्दिन भनी भन्ने गरेको अनुसन्धानबाट खुलेको छ।  

भान्सामा बनाएको तरुवाको विषयलाई लिएर वादविवाद हुँदा मृतक सोनीले आमा राजकुमारीलाई ढोकामा लगाउने आग्लो (विलैया) ले हान्दा निधारमा चोट लागी घाँटीमा च्यापेको थियो। सोही क्रममा प्रतिकार गर्दा आमा राजकुमारीले मृतक सोनी मण्डलको घाँटीमा दुई हातले च्यापेकोमा केही बेरपछि बेहोस भएर लडेकोमा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान देखिएको छ।  

प्रहरी उपरीक्षक गोविन्द थपलियाले भने, ‘यस अघि पनि आमा-छोरीबीचमा पटक-पटक झगडा हुँदा बेहोसको नाटक गर्ने गरेको र यसपटक पनि नाटक गरेको होला भन्ने सोचेकोमा पछि हेर्दा निजको मृत्यु भइसकेको बयान दिएको छ। छोरीको मृत्युपछि आमाले फर्निचर व्यवसाय गरी बस्ने श्रीमान रामवरण मण्डललाई फोन गरेर बोलाइएको थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.