|

हेटौडा : प्रदेश ३ का उद्योग पर्यटन तथा वन वातावरणमन्त्री अरुण नेपालले उद्योग,पर्यटन र जलस्रोतको विकास नगरेसम्म मुलुक समृद्ध नहुने बताए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बिहीबार ५५ औं वार्षिकोत्सवका उद्घाटन गर्दै मन्त्री नेपालले औद्योगिक क्षेत्रहरू प्रदेश मातहतमा राख्नु पर्ने बताए।

संघीय  सरकारसँग प्रदेश मातहतमा राख्न अनुरोध गरेको उनले बताए। प्रदेश ३ मा चारवटा औद्योगिक क्षेत्र छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष नन्दकिशोर बस्नेतको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधव अधिकारी, उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्याल, उद्योग पर्यटन मन्त्रालयका सचिव शिवकुमार वाग्ले, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक नेपालभुषण वैधले मन्तव्य व्यक्त गरेका थिए।

अमेरिकन सरकारको सहयोगमा २०२० साल मंसिर २० गते स्थापना भएको उक्त औद्योगिक क्षेत्रमा अहिले १०१ उद्योगहरू सञ्चालित छन्। ३१ वटा निर्माणाधीन अवस्थामा छन् भने ३ उद्याेग बन्द छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.