|

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले पनि बराबरी खेल्दै अंक बाडेका छन्। सातदोबाटोस्थिति एन्फको खेल मैदानमा भएको दोस्रो खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

यस्तै, पाएको अवसरमा गोल गर्न नसक्दा दुवैले बराबरी खेलको हो। बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोडेको छ। ब्रिगेड लिगको १२औँ स्थानमा छ। मछिन्द्रले ६ खेलबाट ३ अंक जोडेको छ। मछिन्द्र १३औँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.