|

दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी रहेको बताए।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ को घोराहीमा शुक्रबार लोकार्पण गर्दै उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिए।

आगामी फागुनसम्म कानुन संशोधन गसिक्नुपर्ने चुनौती रहेको भन्दै सभामुख महराले नेपालको संविधान २०७२ सँग बाँझिएका धेरै कानुन अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशन सम्ममा संशोधन नभए स्वतः खारेज हुने बताए। उनले समाजमा भएका घटनाको विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने बताए।

केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रह समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.