|

रुकुम : ताजा तरकारी र तरकारी बीउ उत्पादनमा प्रसिद्धि कमाएको रुकुम पश्चिममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत तरकारी÷तरकारी बीउ जोन संचालन भएपछि यस क्षेत्रमा कृषकहरू झनै उत्साहित भएका छन्।

कार्यक्रममार्फत स्थानीयहरूले उन्नत जातको बीउमा अनुदानका साथै विभिन्न तालिम, भ्रमण तथा अन्य प्रविधिकमा र बीउ बजारीकरण सहयोग सहयोग पाउँदै आएको कृषकहरूको भनाइ रहेको छ।

उक्त कार्यक्रम रुकुम पश्चिमको तीन स्थानीयमा संचालित छ। चौरजहारी नगरपालिकाको वडा–३ देखि १४ गरी १२ वटा वडा, सानीभेरी गाउँपालिको वडा नम्बर ९ मात्र र त्रिवेणी गाउँपालिकाको वडा नम्बर १० मा उक्त कार्यक्रम संचालित छ। तरकारी÷तरकारी बीउ जोन संचालक समितिका संयोजक तिलक शर्माले कृषि क्षेत्रमा राम्रो सम्भावना भएको क्षेत्रमा थप स्तरवृद्धिसहितका कामको लागि कार्यक्रम संचालन हुनु महत्त्वपूर्ण पक्ष रहेको बताए। 

उनका अनुसार कार्यक्रम संचालनपछि तीनवटै स्थानीय तहका विभिन्न ठाउँमा जम्मा ९४ वटा ताजा तरकारी र बीउ समूहसमेत दर्ता भएका छन्। ‘यस वर्ष मात्र हाम्रो क्षेत्रमा एक सय हेक्टर जग्गामा मुला, प्याज, काउली, रायोलगायतका तरकारी बीउको लागि खेती गरिएको छ’, संयोजक शर्माले भने, ‘यस कार्यक्रममार्फत व्यवसायिक रूपमा ताजा तरकारी र तरकारी बीउको क्षेत्रमा काम गर्ने व्यक्ति तथा समूहलाई बीउमा अनुदान, प्रविधि र उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्नेछ।’

कार्यक्रममार्फत उन्नत जातको बीउका साथै थारै जनशक्तिले पनि धेरै र छिट्टो काम गर्न सक्ने थ्रेसर, हाते ट्रयाक्टर र ग्रेडिङ मेसिनहरू अनुदानमा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.