|

बैतडी : जिल्लाका १५ वटा वडा स्वास्थ्यचौकीविहीन  छन्। नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ ओटामा स्वास्थ्यसंस्था  नभएको जिल्ला स्वास्थ्य कर्यालय बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले जानकारी दिए।  स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको जनाएको छ। 

नयाँ संरचना अनुसार कुनै वडामा दुई स्वास्थ्यचौकी समेत परेका छन्। सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निशुल्क सेवा समेत  उपभोग गर्न नपाएको  स्थानीय बासिन्दाको गुनासो छ। नयाँ संरचना अनुसार आफ्नो वडा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ। 

भौगोलिक विकटताका कारणले पनि स्वस्थ्य सस्थामा पुग्न नसक्ने र स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नहुँदा महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएको सिद्धपुर स्वास्थ्य चौकी पाटन १० का स्वास्थ्य स्वयमसेविका कमला बिष्टले बताईन् । 

पाटन ९ मा स्वास्थ्यचौकी सञ्चालनमा 

बैतडीको पाटन नगरपालिका ९ टकरेमा स्वास्थ्यचौकी सञ्चालनमा आएको छ। स्वास्थ्यचौकी नभएका जिल्लाका १६ वडा मध्ये पाटन नगरपालिका वडा नं ९ मा शुक्रबार स्वास्थ्यचौकीको स्थापना गरिएको छ। वडाका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले वडामा स्वास्थ्यचौकी सञ्चालन गरिएको वडा अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए  । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.