|

काठमाडौं : राजनीति, पत्रकारिता, काठमाडौंका गल्ली, कफिसप, डान्सबारबारे सामान्यतः चियागफ हुन्छन्। कलमजीविले यस्तै सामान्य गफलाई पनि साहित्यको सुन्दर रुप दिनसक्छन् भन्ने उदाहररण पेश गरेका छन्, पत्रकार किशोर नेपालले। 

उनले देशको राजनीतिक र सामाजिक परिवेश समेटिएको निबन्धसंग्रह 'राक्षसको गीत' शुक्रबार सार्वजनिक गरे। राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साहित्यकार एवम् प्राध्यापक डा. अभि सुवेदीले यस निबन्धसंग्रह अनावरण गरेका हुन्।

निबन्धसंग्रह सार्वजनिक गरेपछि सुवेदीले किशोरको प्रशंशामा भने, 'समयसँग निरन्तर अपडेट भएर लागिरहनुभएको छ।' उनले किशोरको 'सृजनशिलता भाषामा रुपन्तारण भएको' बताए। निम्बन्धबारे उनले भने 'वर्तमान राजनीतिभित्र सुक्ष्म रुपमा पसेर व्याख्या गरिएको छ। जुन निबन्धको सुन्दरता हो।'

कवि विप्लप प्रतिकले निबन्धमा 'काव्यत्मकता' रहेको बताए। उनले किशोरलाई काव्यकारितामा लाग्न आग्रह गरे। त्यस्तै, निबन्धकार एवम् पत्रकार दिपक सापकोटाले किशोर पछिल्लो समय पनि पत्रकारिता एवम् साहित्यकारितामा सक्रिय रहेको बताए। उनले किशोरका निबन्धमा 'वर्तमान सहर र समय रहेको' बताए। त्यस्तै पत्रकार वसन्त बस्नेतले किशोर नेपालको पत्रकारिता, साहित्य कर्म र जीवन अदभूत् रहेको बताए।

दर्जनौं पुस्तक लेखिसकेका लेखक किशोर नेपालले पछिल्लो समय नेपाली साहित्यको स्तर खस्कदै गएकोले यसलाई सही-निर्देश गर्नुपर्ने बताए। यसका लागि अभि सुवेदी पनि साहित्यकर्ममा लाग्नुपर्ने किशोरको आग्रह छ।

छरिएका विषयलाई एकत्रित गर्ने विधाका रुपमा निबन्ध लेखनको व्यख्या गरिन्छ। तर, पत्रकार किशोरले यसप्रति अहसमति जनाए। 'निबन्ध भनेका छरिएका विषयलाई एकत्रित गर्नुमात्र हैन भन्ने मेरो निबन्ध लेखनको मान्यता हो। छरिएका विषयलाई कति छर्ने र कतिसम्म एकत्रित गर्ने भन्ने मेरो निबन्ध लेखनको मान्यता हो,' उनले भने। 

बिएन पुस्तक संसारले प्रकाशन गरेको 'राक्षसको गीत' १९४ पृष्ठको छ। यसको मूल्य २९९ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.