|

काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरुले ठाँउठाउमा पटकपटक हड्ताल गरिरहका छन्। उनीहरुको घुमाउरो माग छ तेल चोर्न पाउनुपर्यो। 

ट्यांकर चालकहरुले तेल चोर्न माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयाल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तल चोर्न पाउनुपर्ने उनीहरुको माग रहेको खबर अन्नपूर्ण दैनिकमा छ। 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरमा पाँचवटै संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमटिरसम्म तेल मिलमाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर तेल मलिाउँदा प्रतिदिन डिजेल र पेट्रोलमा झन्डै तीन करोड मूल्यको तेल हिनामिना हुन्छ। 

निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि जडानपछि विराटनगरको एउटा अपवाद घटना बाहेक तेल चोरी गर्न पाएका थिएनन्।  इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना ट्यांकरमा पनि चुहावट नियन्त्रणका लागि यही प्रविधि जडान गरेको छ। ‘हामीले सकेसम्म शतप्रतिशत चुहावट रोक्न आईओसीको सहयोगमा यो प्रविधि जडान गरेका थियौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ‘यति गर्दागर्दै पनि केही साताअघि विराटनगरको २० हजार लिटरको एउटा ट्यांकरबाट चालकले लकिङ प्रणाली बिगारेर दुई हजार पाँच सय लिटर डिजेल चोरी गर्‍यो।’ लकिङ प्रविधिलाई समेत नछाड्ने चालकको माग पूरा गर्न नसकिने निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.