|

काठमाडौंः अन्तर प्रदेश परिषद्को दोस्रो दिनको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रदेश सरकार गठन भएको १० महिनापछि अन्तर प्रदेश परिषद्को पहिलो बैठक अहिले बसिरहेको छ। बैठकमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली उप प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी छन्।

आइतबार सबै मन्त्रालयका सचिव तथा प्रदेश प्रमुखहरु शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल र पृथ्वी सुब्बा गुरुङले आफ्नो प्रदेशको बिषयमा बालेका थिए। आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेल, महेन्द्र बहादुर शाही र त्रिलोचन भट्टले आफ्नो प्रदेशको बिषयमा बोल्ने कार्यक्रम छ। 

मुख्यमन्त्रीको बोल्ने क्रमसँगै विषय केन्द्रित छलफलको लागि केहि सचिवहरुले छलफलमा उठेका विषयमा जवाफ दिने कार्य सुची रहेको छ। अन्त्यमा प्रधानमन्त्रीले आफ्नो धारणा राखेर आजै बैठकको समापन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.