|

काठमाडौंः सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिन्। सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हँुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो।

समितिको सोही बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क पनि गरिन्। उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अबिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न गरिन्। उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन्। गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.