|

काठमाडौं : नेपाली कांग्रेस निकट संगठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि पोखरामा हुँदैछ। 

महाधिवेसनको पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहने तरुण दलले जनाएको छ। 

तीन दिने महाधिवेशनको बन्द सत्र आइतबार पोखरा सभागृहमा हुनेछ। बन्द सत्रपछि सोमबार २९ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.