|

बनेपा : काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।  पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठकाे मृत्यु भएको हो।

पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नम्बरको बसले पैदल हिँडिरहेका श्रेष्ठलाई गएराति करिब ९ बजे चाम्लेमा ठक्कर दिएको हो। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ। ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.